सेयर कर्जामा खुकुलो नीति लिने भएपछि कारोबार खुल्नासाथ नेप्सेमा हरियाली



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडालाई सेयर कर्जामा खकुलो गर्ने नीति सहितको सुझाव बुझाएपछि सेयर बजारमा हरियाली छाएको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन भएको कार्यदलले बुधवार अर्थमन्त्रीलाई सुझाव बुझाएको थियो ।

जसमा मार्जिन लेन्डिङको काम ब्रोकरबाट हुने सेयर धितो कर्जा ६५ प्रतिशतसम्म पाइने लगायतका सुझाव राखिएको छ ।

सेयर कारोबार खुल्नासाथ नेप्से परिसूचक हरियाली छाएको छ । अहिलेसम्म परिसूचक १० अंकभन्दा बढीले बढेको छ ।


क्लिकमान्डु