सांग्रिला डेभलपमेन्ट बैंकको प्रस्ताव, ९ प्रतिशत लाभांश बितरण गर्ने



काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७४\७५ को नाफाबाट ९.३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको २२१ औं बैठकले ४ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन सहित ५.३० प्रतिशत नगद गरी कूल ९.३० प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने जनाइएको छ ।

 


क्लिकमान्डु