५.४६ अंकले नेप्से घट्दा ३८ करोडको कारोबार



काठमाण्डौ । साताको पहिलो र दोश्रो दिन दोहोरो अंकले बढेको नेप्स परिसूचकमा तेश्रो दिन मंगलबार ब्रेक लागेको थियो । आज चौथो दिन बुधबार पनि नेप्से ओरोलो लाग्ने क्रमले नै निरन्तरता पाएको छ ।

आज ५.४६ अंकले नेप्से परिसूचक घटेको हो । ०.४७ प्रतिशतले परिसूचक घट्दा ११६२.७० बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जले जनाए अनुसार आज १ सय ५८ कम्पनीका १३ लाख २ हजार ८ सय २२ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ३८ करोड ७२ लाख ९२ हजार ९ सय ८ रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्से परिसूचक घटेको दिन आज विकास बैंक समूह, बित्त समूह, निर्जीवन बीमा समूह र उत्पादनमूलक समूह भने बढेका छन् । बाँकी समूह राताम्मे भएका छन् ।
विकास बैंक समूह १४.९७, बित्त समूह १.०३, निर्जीवन बीमा समूह १७.६९ र उत्पादनमूलक समूह २.३३ अंकले बढेका छन् ।

त्यसैगरी, बैंकिङ समूह ८.६५, होटल समूह ५.५४, जलश्रोत समूह २.१३, अन्य समूह ०.२४, लघुबित्त समूह ५.९३ र जीवन बीमा समूह ३६.५६ अंकले घटेको हो ।

बजार घटेको दिन आज काबेली विकास बैंक लिमिटेका लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, नाग्दी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ७.३१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु