गुराँस लाइफ बेष्ट इम्प्लोएर ब्राण्ड अवार्डबाट सम्मानित




काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नेपाल बेष्ट इम्प्लोयर एवार्ड २०१८ बाट सम्मानित गरिएको छ ।

यही पुस २ गते काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा भएको वल्र्ड फेडेरेसन अफ ह्युमन रिसोर्स को २७ औं संस्करणमा एक समारोहका बीच सम्मानित गरिएको हो ।

बजारिकरणमा संचारको प्रभावकारी प्रयोगको लागि क्षमतावान ब्यक्तिहरुलाई कम्पनीमा आकर्षित गर्ने, क्षमता अभिबृद्धि गर्ने तथा त्यस्तो क्षमता प्रभावकारी रुपमा कम्पनी हितको लागि प्रयोग गर्ने संस्थालाई प्रदान गर्दै आइरहेको सो सम्मान चिफ ह्युम्यान रिसोर्स अफिसर (सिएचआरआ) एशियाका प्रतिनिधिले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईलाई सम्मान प्रदान गरे ।


क्लिकमान्डु