रेल र सडक सम्पर्कबारे सम्मेलन गर्न दुई कोरिया सहमत
सोल । उत्तर कोरिया र दक्षिण कोरियाले रेल र सडक सञ्जाल जोड्नेबारेमा अभुतपूर्व सम्मेलन आयोजना गर्ने भएका छन् ।
दुई देशको सिमा क्षेत्रमा यस्तो सम्मेलन आयोजना गर्ने बारेमा दुई देशले मंगलबार सहमति गरेको अधिकारीहरुले जनाएका छन् ।
दुई देशबीचमा रेल र सडक सञ्जाल जोड्नका लागि प्रक्रिया अगाडी बढाउन सम्मेलन आयोजना गर्न लागिएकोे दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन पनि सहभागी हुनुहुने भएको छ ।
यही बर्ष सन् २०१८ को अन्त्य हुनुपूर्व आउँदो डिसेम्बरको २६ तारिखका दिन सम्मेलन गर्ने तय भएको जनाइएको छ ।
सम्मेलन दुई देशको सिमा क्षेत्रमा पर्ने काएसोङको पान्मुनमा हुने तय भएको छ । सम्मेलनमा दुवै देशबाट झण्डै एक सय जना विशिष्ट अधिकारीहरू सहभागी हुने भएका छन् ।
कार्यदल तहमा भएको छलफल पछि अहिले यो सम्मेलन गर्ने सहमती भएको अधिकारीहरुले जनाएका छन् । रासस\सिन्ह्वा