क्लासिक टेकले ल्यायो ‘मौकामा चौका अफर’



काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले उपभोक्ताहरुका लागि ‘क्लासिक टेकको मौकामा चौका अफर’ सार्वजनिक गरेको छ।

जसअन्तर्गत उपभोक्ताले क्लासिक टेकको १० महिनाको प्याकेज खरिद गर्दा ४ महिनाको निशुल्क रिचार्ज बोनस पाउने छन्। ग्राहकले 20mbps unlimited Internet fiber को माध्यम वाट ६सय ४३ प्रति महिनाका दरमा उपभोग गर्न पाउने छन्।

साथै उपभोक्तालाई विना डिपोजिट निशुल्क जडान र निशुल्क फाइवर वायर समेत उपलब्ध गराइने छ। यस अफर अनुसार ग्राहकले ५४५ सम्म पाउने कम्पनीले जानकारी गराएको छ।

यसका साथै पुराना उपभोक्तालाई १० महिना रिचार्ज गर्दा ५ महिनाको निशुल्क रिचार्ज बोनस दिइएको छ। यो सुविधा केही समयको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।


क्लिकमान्डु