प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मत सिफारिश
काठमाडौं । संवैधानिक परिषद्को बैठकले प्रधान्यायधीश पदमा चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मत सिफारिश गरेको छ ।
हालका प्रधानन्यायधीश ओमप्रकाश मिश्रको कार्यकाल सकिएपछि राणा प्रधान्यायधीश बन्ने छन् ।
न्याय परिषदले राणाको साथै दीपकराज जोशीको समेत नाम सिफारिश गरेको थियो ।
जोशीको नाम मिश्र अगाडि प्रधानन्यायधीशको लागि प्रस्ताव गरिएपनि संसदीय समितिको दुईतिहाई सदस्यले उनको नाम अस्विकार गरेका थिए ।
संवैधानिक परिषद्बाट सिफारिस भएपछि संसदीय समितिले अनुमोदन गरेपछि मात्र राणाले प्रधानन्यायधीश बन्न पाउनेछन् ।