भारतमा नरेन्द्र मोदीले २६ करोड भारतीय किसानको ४ लाख करोड ऋण मिनाहा गर्ने



नयाँ दिल्ली  मध्यप्रदेश, तेलंगना, मिजरोम, राजस्थान र छत्तिसगढमा हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा नराम्ररी पराजित भएपछि आगामी निर्वाचनलाई प्रभावित पार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ फण्डा सुरु गरेका छन् ।

उनले भारतका २६ करोड किसानले लिएको ४ लाख करोड बराबरको भारतीय मुद्रा ऋण मिनाहा गर्ने तयारी गरेका छन् । पछिल्लो निर्वाचनमा भारतीय जनताले मोदीलाई धुलो चटाइदिएपछि उनले ऋण मिनाहको धन्दा सुरु गरेको बताइएको छ ।

भारतीय सञ्चार माध्मयहरुकाअनुसार मोदीले ऋण चुक्ता गर्नका लागि आवइश्क प्रक्रिया समेत सुरु गरेका छन् । नेपालमा कम्युनिस्टको दुई तिहाईको सरकार भएपनि किसान र मजदुर वर्गको हितमा कुनै पनि काम नगरेको अवस्थामा भारतमा भने मोदी सरकारले किसानको ऋण मिनाहाको तयारी गरेका छन् ।

विभिन्न ५ राज्यमा भएको निर्वाचनमा पराजित भएपछि सन् २०१९ मा हुन लागेको निर्वाचनलाइृ प्रभावित पार्न मोदीले उक्त फण्डा ल्याउन लागेको बताइन्छ । सरकारी स्रोतहरुले दिएको जानकारी भन्दै भारतीय सञ्चार माध्यमले त्यस्तो प्रक्रिया मोदी सरकारले अगाडि बढाएको उल्लेख गरेका छन् ।

मोदी सरकारले देशशभरका २६ करोड ३० लाख किसानको ४ लाख करोड भारतीय मुद्रा बराबरको ऋण मिनाहा गर्न लागिपरेका छन् । उनले भित्र भित्रै सो तयारी गरेको बताएपनि भारतीय सरकारका प्रतिनिधिले सो बारेमा हालसम्म केही बताएका छैनन् ।

किसानको ऋण माफीलाई मोदीले चुनावी मुद्दा बनाउन लागेको बताइन्छ । जुन दलले निर्वाचन अगाडि किसनाको ऋण मिनाहा गर्ने घोषणा गर्छन् सोही दलले निर्वाचनमा जित हासिल गर्ने गरेको उदाहरण पेश गर्दै भारतीय मिडियाले मोदीको त्यस्तो तयारी किसान लक्षित रहेको बताएका छन् ।

सरकारी सुत्रलाई उदृत गदैृ मिडिया रिपोर्टमा भनिएको छ उत्तर प्रदेश, पञ्जाव र हालै सम्पन्न ५ राज्यको निर्वाचन परिणाममा भारतीय किसानको ठूलो हात रहने गरेको छ । ऋण फिर्ता लिने निर्णयले मतदातालाई सजिलै प्रभाव पार्न सकिन्छ । कृषि मन्त्रालयका व्यवस्थापन सचिव अशोक दलवीले राज्यले चाहे किसानको ऋण मिनाहा हुन सक्ने बताएका छन् ।

किसानको आम्दानी बढाउनका लागि भारतीय सरकारले प्रयास गरिरहेको बताइन्छ ।

ऋण मिनाहाले भोटको फल राम्रै मिल्ने आशमा मोदी सरकार देखिएको छ ।
जानकारहरुकाअनुसार भारतीय लोकसभाको निर्वाचन नजिकँिदै गएको छ । किसानलाई लोभ्याउनका लागि यो भन्दा अर्को उत्तम विकल्प अरु केही हुन सक्दैन ।

काँग्रेसले ३ पटक किसानको ऋण मिनाहा गरिदिएको थियो । ३ नै पटक निर्वाचनमा सफलता हासिल गरेको थियो । सन् २००८ मा युपी सरकारले ७२ हजार करोड भारतीय रुपैयाँ मिनाहा गरिदिएको थियो । त्यसको फाइदा काँग्रेसले उठाएको थियो । सन् २००९ मा पुनः यूपीमा काँग्रेसको सरकार बनेको थियो । सन् २०१७ मा विधानसभाको उप निर्वाचनमा भारतीय काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले ऋण मिनाहाको घोषणा गरेका थिए । उनले चुनावी यात्राका क्रममा किसान यात्रा समेत गरेका थिए ।

सो कार्यक्रम पछि मोदीले ऋण मिनाहा गर्ने घोषणा गरे , तर कार्यान्वयन गरेनन् । सन् २०१७ मा नै पञ्जाव विधानसभाको निर्वाचनमा काँग्रेसले किसानको ऋण मिनाहाको बाचा गरे । त्यो सुत्र सफल भयो । त्यहाँ काँग्रेसको सरकार बन्न सफल भयो ।

सन् २०१८ मा मध्यप्रदेश, राजस्थानमा भएको विधानसभाको निर्वाचनमा राहुल गान्धीले १० पटक गन्दै भने काँग्रेसको सरकार बनेको १० दिनमा किसानको ऋण मिनाहा हुन्छ । हामीलाई भोट दिनुस् । सोही नाराले काम गरेपछि ती राज्यमा काँग्रेसले सफलता प्राप्त गरेको छ ।


क्लिकमान्डु