सन नेपालद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी



काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मंसिर २४ गते बर्दिवासमा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गर्यो ।

बीमित स्वः श्याम सुन्दर महतोले ९४ हजार ३३६ रुपैयाँ बीमाशुल्क भुक्तानी गरी जीवन बीमा गर्नु भएकोमा निजको २ महिना ६ दिनमै मृत्यु भएकोले निजको श्रीमती पवित्री देवीलाई१० लाखको चेक रकम भुक्तानी गरियो ।

उक्त कार्यक्रम बर्दिबास नगरपालिका- १, का वडा अध्यक्ष चुडामणि पोख्रेल, कम्पनीका महाप्रबन्धक कमलराज गौतम र मुख्य बजार विकास प्रवद्र्धक राजु केसी र जनकपुर शाखाका शाखा प्रवन्धक नवराज चौधरीको उपस्थित रहेको थियो ।

साथै कम्पनीले मिति २०७५ मंसिर २३ र २४ गते सिन्धुली र महोत्तरी जिल्लामा स्थानीय र अभिकर्ताहरुको उपस्थितीमा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

स्थानिय निकायका जनप्रतिनिधि, आम सर्वसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारी अभिकर्ताहरुसंग अन्र्तक्रिया समेत गरिएको थियो ।


क्लिकमान्डु