मोडर्न होम बिल्डर्स खुल्यो, विशेषता उच्च गुणस्तरको निर्माग्री सामाग्री र दक्ष कामदार



काठमाण्डौ । निजी निवास बनाउने सोच राख्नु हुनेहरुलाई लक्षित गरी मोडर्न होम बिल्डर्स प्रालि खुलेको छ ।

काठमाण्डौको चावहिलमा कार्यालय रहेको यस कम्पनिले विशेषगरी आवाशीय घरहरु निर्माण गर्नुका साथै पुरानो घरहरु सबलीकरण गर्ने, घरको फिनिशिंग गर्ने तथा उचित परामर्श दिने काम पनि गर्नेछ ।

नेपालमा अहिले घर निर्माण गर्ने इच्छा भएको, तर समय अभावले गर्दा निर्माण कार्य सुरु गर्न नसकेका व्यक्तिहरुलाई यस कम्पनी सहयोगी साबित हुनेछ ।

उच्च गुणस्तरको निर्माण सामग्री, दक्ष इन्जिनियर र कामदारहरुले निर्माण कार्य गर्ने हुँदा यस कम्पनीले निर्माण गरेका घरहरु गुणस्तरीय हुने कुरामा ढुक्क हुन यस कम्पनीका प्रबन्ध निर्देशकले देवराज लामाले आग्रह गरे ।

बजारमा अहिले विविन्न निर्माण कम्पनीहरु रहेपनि गुणस्तरीय र विश्वसनीय ढंगमा काम नगर्ने हुँदा निर्माण गरेका घरहरु कमसल हुने विभिन्न समस्याहरु आउनुका साथै समयमा नै निर्माण सम्पन्न गरी हस्तान्तरण नगर्दा समस्या हुने गरेको छ ।

नेपालमा अहिले पनि पुरानै ढाँचामा घर निर्माण भैरहेकोमा यस कम्पनीले अत्याधुनिक प्रविधिको विस्तार गर्दै कामदारहरुको सुरक्षालाई समेत बिशेष प्राथमिकतामा राखेर काम गर्ने बताएको छ ।

अहिले चलनचल्तीमा रहेको काम गर्ने तरिकालाई समेत परिमार्जन गरि स साना कुराहरुको सुक्ष्म अध्यन गरि संरचना निर्माण गर्ने र सो क्रममा कोहि कसैलै बाधा अबरोध नहुने गरी काम गर्ने प्रतिबद्धता समेत कम्पनीले ब्यक्त गरेको छ ।


क्लिकमान्डु