बाणिज्य बैंकको जागिर पुस पहिलो साता खुल्ने (भिडियो सहित)



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले पाँच सय पचास जना कर्मचारी भर्नाका लागि पुस पहिलो हप्ता विज्ञापन खुलाउने भएको छ ।

गत असोज महिनामै विज्ञापन गर्ने योजना भएता पनि समयमै कर्मचारी विनियमावली शंसोधन हुन नसक्दा विज्ञापन खुलाउन केहि ढिलो भएको बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले क्लिकमाण्डूलाई बताए । अहिले कर्मचारी विनियमावली शंसोधन कार्य अन्तिम चरण पुगेको छ ।

लोक सेवा आयोग र अर्थमन्त्रालयबाट स्वीकृत भई अहिले फाइल नेपाल राष्ट्र बैंक पुगेको छ । अबको एक हप्ताभित्र नेपाल राष्ट्र बैंकबाट उक्त फाइल स्वीकृत हुने र त्यसको एक हप्तापछि विज्ञापन गर्ने तयारीमा बाणिज्य बैंक जुटेको छ ।

पुस पहिलो साता विज्ञापन गर्न नसकेको खण्डमा बैंकलाई जनशक्ति अभावमा कार्यसम्पादन गर्न गाह्रो हुने अवस्था आउने छ । यो वर्ष ४३ वटा शाखा बढाउने तयारी रहेको र भर्ना प्रक्रिया समयमा गर्न नसके सबै कुरा प्रभावित हुने सिइओ श्रेष्ठले बताए ।

राष्ट्रिय बाणिज्य बैंकको परीक्षाका लागि तयारी गरिरहेको परिक्षार्थीहरुलाइ सुझाब दिदै सिइओ श्रेष्ठले भने’लोकसेवा आयोगले जाँच लिने हो, कुनै सोर्स लाग्दैन, त्यसैले ढुक्क भई पढ्नुहोस ।’

अन्तरवार्तामा सोर्स लाग्ने कुरा धेरै समय अगाडिको चलन भएकोले शंका हुनु स्वभाविक हो तर अहिले लोक सेवामा अन्तवार्ता लिने समुह बनेको हुन्छ । त्यसैले अन्तरवार्तामा समेत कुनै विभेद नहुने उनले बताए ।

अरु के के भने त सिइओ श्रेष्ठले ? भिडियो कुराकानीमा हेर्नुहोस ।


क्लिकमान्डु