बैंकरलाई गभर्नरले भने : ब्याजदर बढाएर गलत गर्नुभयो



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धा गरेर गलत गरेको बताएका छन् ।

नेपाल बैकर्स संघको साधारणसभामा बोल्दै गभर्नर नेपालले बैंकमा पैसा छैन भनेर स्थानीय तहमा गएको रकम निक्षेपमा देखाउन मिल्ने व्यवस्था गरेको अर्को दिननै ब्याजदर बढाउने प्रतिस्पर्धा गर्नु राम्रो नभएको बताए ।

‘तपाईहरु बुझेको व्यक्तिहरु हुनुहुन्छ,जसले ब्याजदर बढाउनु भएको छ गल्ती भएको छ,राष्ट्र बैंकपनि छ भनेर सोच्नुहोस्,’गभर्नर नेपालले भने ।
बैकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति तोड्ने निर्णय गरेको थियो । त्यसपछि बैंकहरु ब्याजदर बढाउने प्रतिस्पर्धामा लागेका छन् ।


क्लिकमान्डु