बिरामीलाई ओम डेभलपमेन्ट बैंकको सहयोग



काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लि.को अमरसिंह शाखाले शाखाको ११औं वार्षिकोत्सवको अवसरमा अस्पतालमा उपचाररथ बिरामीलाई आर्थिक सहयोग गरेकोे छ ।

विगत लामो समयदेखी आन्द्राको समस्याबाट ग्रसित पोखरा १५ निवासी ४० बर्षीय सम्झना परियारलाई बैंकका शाखा प्रमुख एकेन्द्र कुँवरले सहयोग रकम प्रदान गरेका थिए ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसै गरी विभिन्न आर्थिक, भौतिक तथा अन्य सामग्रीहरु सहयोगहरु गर्दै आईरहेको छ ।

बिकास बैंकले असोज मसान्त सम्म २१ अर्ब ९६ करोड निक्षेप संकलन गरी १९ अर्ब ०४ करोड कर्जा लगानी गरेको छ । शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ६५ हजार, एटिएम संख्या १९ रहेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक भएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले प्राइम कमर्सियल बैंकसंग एक्बिजिसनमा जानको लागी हालै मात्र समझदारी पत्रमा हस्ताक्षर गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।


क्लिकमान्डु