७ वटा भन्सार कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन



काठमाण्डौ । नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले आजदेखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको छ ।

भन्सार विभागका महानिर्देशक तोयम रायाले एक समारोहकाबीच बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर उद्घाटन गरे । त्यसैगरी अन्य भन्सार कार्यालयका एक्स्टेन्सन काउण्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखहरुबाट उद्घाटन भएको प्रभु बैंकले जनाएको छ ।

छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुने बैंकले विश्वास लिएको छ ।

राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने जनाइएको छ । नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्नेछ-प्रभु बैंकले विज्ञप्ति मार्फत जनाएको छ ।


क्लिकमान्डु