महालक्ष्मीले दमौलीमा खोल्यो नयाँ शाखा



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा मंसिर १९ गते तनहुँ जिल्ला, व्यास नगरपालिका वडा नं ३, सफासडक स्थित दमौली शाखा कार्यालयको उद्घाटन गरेको छ ।

दमौली शाखाको उद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले एक समारोहका बीच गरेका हुन् । उक्त अवसरमा विशेष अतिथिका रुपमा स्थानीय विकास अधिकारी भरतकुमार शर्मा रहेका थिए ।

कार्यक्रमको अतिथिहरुमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक शिद्घविक्रम शाह, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायत विभिन्न कार्यालयका प्रमुखहरु, व्यास नगरपालिकाका प्रतिनिधिहरु, दमौली बजार ईकाइ समितिका प्रतिनिधिहरु, समाजसेवीहरु, पत्रकार महासंघ तनहुँका प्रतिनिधिहरु, व्यवसायी रहेका थिए ।

उक्त अवसरमा उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त शाखाको उत्तरोत्तर प्रगतीको कामना गरे ।

शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंक लि.ले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमापनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वासनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत गरे ।


क्लिकमान्डु