एनआईसी एशियाले खोल्यो झापाको बिर्ता बजारमा शाखा



काठमाडौं । एनआईसी एशिया बैंकको झापाको बिर्तामोड नगरपालिकावडा नं ३,बिर्ताबजारमा शाखा खोलेको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख धुर्व कुमार शिवाकोटीले शाखाको उद्घाटन गरे ।

बैंकको २६८ वटा शाखा कार्यालय , २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन् ।

यस्तै बैंकको निक्षेप १ खर्ब ७० अर्ब तथा कर्जा १ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ भने ग्राहकको संख्या १३ लाख ५० हजार रहेको छ ।


क्लिकमान्डु