बैंकर्स संघले भद्र सहमति हटाउने निर्णयसँगै जनता बैंकले बढायो ब्याजदर



काठमाडौं । नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति हटाउने निर्णयसँगै जनता बैंकले ब्याजदर बढाएको छ ।

जनता बैंकले मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्बाधिक ब्याज पाउने जनाएको छ ।

बैंकले जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजदर पाउने जनाएको छ ।
योजनामा ग्राहकले १ लाखमा ७५ दिन वा सोभन्दा बढीको लागि मुद्दती निक्षेप खोल्न सक्ने छन् ।

साथै यस बैंकको सम्पूर्ण बचतखाताको ब्याजदर बार्षिक ७ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ । ब्याजदर मंसिर १९ देखि लागु हुने छ ।


क्लिकमान्डु