ज्योति विकास बैंकले खोल्यो २ स्थानमा शाखा



काठमाडौं । ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ।

कैलारी गाउँपालिका वडा नं १ हसुलिया कैलाली शाखाको उदघाटन गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उदघाटन गरेका छन्।

यसैगरी भीमदत्त नगरपालिका वडा नं ४ महेन्द्रनगर कञ्चनपुर शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक धनगढि शाखाका निर्देशक किरण पण्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले गरे ।
बैंकको ८० शाखा तथा २२ वटा एटिएम सेवा रहेको छ । बैंकले चालु आर्थिक वर्षमा १० वटा शाखा खोल्ने तयारी छ ।

बैंकमा २३ अर्ब निक्षेप छ भने १८ अर्ब २० करोड रुपैयाँ कर्जा रहेको छ । चुक्ता पुँजी २ अर्ब ५९ करोड रहेको बैंकको हाम्रो विकास बैंकलाई गाभेपछि ३ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने छ ।


क्लिकमान्डु