प्रभु बैंकले एकैदिन खोल्यो भन्सार कार्यालयमा ७ वटा एक्स्टेन्सन काउण्टर



काठमाडौं । नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

झापााको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले आजदेखि एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको हो ।

भन्सार विभागका महानिर्देशक तोयम रायाले बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर उद्घाटन गरे ।

अन्य भन्सार कार्यालयका एक्सटेन्सन काउन्टर सम्बन्धित भन्सार कार्यालयका प्रमुखहरुले उद्घाटन गरे ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजश्व संकलनको आंकाडामा वृद्धि हुनजाने तथा स्थानीय सेवाग्राहीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुनेछन् ।

यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामापनि टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु