सेञ्चुरी कमर्सियल बैंकद्वारा ई-नेबल नेपाललाई २ लाख आर्थिक सहयोग
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ई-नेबल नेपाल नामक संस्थालाई सहयोग गरेको छ ।
प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्न २ लाखको आर्थिक सहयोग गरेको हो ।
ई-नेबल नेपाल बिगतदेखि यो सामाजिक कार्यमा सक्रिय रहेको छ । यो सहयोगबाट हात गुमाएका बालबालिकाहरु पुनः आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिबिध कार्य गर्न मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले ई-नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई चेक हस्तान्तरण गरेका छन् ।