सुनको मूल्य ६०० ले वृद्धि, प्रतितोला ५८ हजार ३०० मा कारोवार



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज ९०० ले बढेर प्रतितोला ५८ हजार ३०० मा कारोवार भएको छ ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ ।

आइतबार प्रतितोला ५७ हजार १०० मा कारोवार भएको तेजावी सुन आज ९०० ले बढेर ५८ हजारमा कारोवार भएको छ । केही दिन स्थिर रहेको चाँदी आज रु २० ले बढेर ७२० मा कारोवार भएको छ ।

महासङ्घले आज १० ग्राम सुनको मूल्य ४९ हजार ९८५ कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको ६०९ कायम भएको छ ।


क्लिकमान्डु