भूमि मन्त्री अर्याल भन्छिन्-भूमि समस्या समाधान गर्न शक्तिशाली आयोग गठन हुँदैछ



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

मोरङ जिल्लाका जनप्रतिनिधिसँग आज सिंहदरबारमा छलफल गर्दै उहाँले भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्मा अर्याललाई तत्कालै सो क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीसमक्ष मोरङ जिल्लाका कानेपोखरी, लेटाङ, बेलबारी र पथरीका प्रमुख र उपप्रमुखले विशेष नापी टोली खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका थिए । मोरङका जनप्रतिनिधिले विशेष नापी गरी धनीपूर्जा वितरण गर्न माग गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई भेट्न साँसद घनश्याम खतिवडाको नेतृत्वमा टोली आएको प्रधानमन्त्री ओलीका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भूमि व्यवस्थामन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गासम्बन्धी समस्या समाधान गर्न शक्तिशाली आयोग गठन तयारी भइरहेको जानकारी दिइन् ।


क्लिकमान्डु