ज्योति विकास बैंकले एकै दिन शुरु गर्यो चार नयाँ शाखा



काठमाण्डौ । ज्योति विकास बैंक लि.ले रुपन्देही जिल्लाको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तु जिल्लाको जीतपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नं ८, भैरहवामा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर भैरहवाका कामु निर्देशक ऋषिराम बराल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच मंसिर १७ गतेसंयुक्त रुपमा उद्घाटन गरे ।

त्यसैगरी, ओमसतिया गाउँपालिका वडा नं १, पडसरीमा रहेको नयाँ शाखाको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिराकेवट राहुल तथा बैंकका सञ्चालक ध्रुव कोइराला र सियारी गाउँपालिका वडा नं ७, अमवामा रहेको नयाँ शाखाको सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु तथा बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारीले आजैका दिन संयुक्त रुपमा उद्घाटन गरे ।

वाणगङ्गा नगरपालिका वडा नं ४ जीतपुर, कपिलवस्तुमा पनि आजैकै दिनबाट नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । उक्त शाखाको वाणगङ्गा नगरपालिकाका मेयर मंगलप्रसाद थारु तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरे ।


क्लिकमान्डु