सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ दोश्रो महिनाको बिजेता घोषित, पर्साका बिनोदले जिते १ लाख



काठमाण्डौ । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजना अन्तर्गत मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई दोस्रो महिनाको १ लाख रुपैयाँको मासिक लक्की ड्रमा परी पर्साका बिनोद अग्रहरी विजेता घोषित भएका छन् ।

उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले १० हजार र १ जनाले १ लाख रुपैयाँ जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहबीच उक्त नगद पुरस्कार हस्तान्तरण गरियो ।

सिटी एक्सप्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने, त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले १० हजार र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले १ लाख रुपैयाँ जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रालि १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँसम्म जित्न सक्ने छन् ।

यो योजना असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।


क्लिकमान्डु