सिटिजन्सका ग्राहकले सिद्धि पोलि प्याथल्याबमा विशेष छुट पाउने



काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डिल्लिबजार, चारखाल स्थित सिद्धि पोलि प्याथल्याब प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबका तर्फबाट उक्त ल्याबका डाईरेक्टर डा. विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट\क्रेडिट कार्डवाहक ग्राहकहरुले सिद्धि पोलि प्याथल्याबको प्रयोगशालामा जाँच गराउँदा बिशेष छुट पाउँने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनैपनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरुपनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।


क्लिकमान्डु