नवलपुरको कावासोतीमा ज्योति विकास बैंकको नयाँ शाखा



काठमाण्डौ । ज्योति विकास बैंक लि.ले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

कावासोती नगरपालिका वडा नं ८ मा रहेको नयाँ शाखाको कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरुङ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक समारोहका बीच मंसिर १६ गते उद्घाटन गरे ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणी मार्फत१८ अर्वभन्दा बढी लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ ।

बैकले हाम्रो बिकास बैकलाई प्राप्ती गरी एकीकृत कारोवार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको जनाएको छ । त्यसपछि बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड पुग्नेछ ।


क्लिकमान्डु