सेञ्चुरी बैंकले जित्यो कर्पोरेट क्रिकेटको उपाधि



काठमाण्डौ । पाँचौ सिजनको ‘सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स’ को उपाधि सेञ्चुरी बैंकले जितेको छ ।

त्रिभुवन विश्वविद्मालय क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न फाइनलमा एनआईसी एशिया बैंकलाई तीन विकेटले पराजित गर्दै सेञ्चुरीले दोश्रो पटक प्रतियोगिताको उपाधि जितेको हो ।

प्रतियोगिताको फेयर प्ले टोली जनता बैंक घोषित भयो । उत्कृष्ट विकेकिपर सेन्चुरीका सुवास शर्मा, सर्वाधिक छक्का सेन्चुरीका सुरज तिमल्सिना, उत्कृष्ट फिल्डर सनराइज बैंकका केदार सिंह, उत्कृष्ट ब्याट्सम्यान सुबिसुका रोजंस प्रधान, उत्कृष्ट बलर एनआइसी एसियाका सुमित श्रेष्ठ र प्लेयर अफ द सिरिज सेन्चुरीका सुरज तिमल्सिना भए ।


क्लिकमान्डु