आजदेखि एभरेष्ट इन्स्योरेन्सको १०५ प्रशित हकप्रद सेयर



काठमाडौं। एभरेष्ट इन्स्योरेन्स कम्पनीले आइतबार (आज) देखि चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँक दरले १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो बिक्री भएपछि कम्पनीको चुक्ता पुँनी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

कम्पनीले कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुका लागि एक कित्ता बराबर १ः०५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो ।

हकप्रद आवेदनका लागि एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।


पुष्प दुलाल