विदेशी संस्थाले नेपालीको सम्पत्ति लिलाम गरेर पनि ऋण उठाउने, नेपाली बैंकले एजेन्टको काम गरिदिने




काठमाडौं । नेपाली उद्योगी, ब्यवसायी वा परियोजना विकासकार्ताले विदेशी लगानीकर्तासँग लिको ऋणको साँवा ब्याज असुलीको जिम्मा नेपाली बैंकले लिन पाउने भएका छन् ।

यस्तै विदेशी लगानीकर्ताबाट लिएको ऋण नेपाली ऋणीले तिर्न बुझाउन नसकेको अबस्थामा सम्पत्ति लिलामी प्रक्रियाबाट उठाउनु पर्ने भएमा नेपालका बाणिज्य बैंकहरुले एजेन्टको रुपमा काम गरेर त्यस्तो ऋण उठाइ दिन पाउने भएका छन्

नेपाल राष्ट्र बैंकले २०७४ सालमा गरिएको ब्यवस्थामा नयाँ ब्यवस्था थप गर्दै नेपालका बाणिज्य बैंकहरुलाई विदेशी लगानीकर्ताले नेपाली उद्योगी ब्यवसायीलाई दिएको ऋणको साँवा तथा ब्याज र ऋण तिर्न नसक्ने अबस्था आइ डिफल्ट भएको अबस्थामा एजेन्ट भइ ऋणीको धितो लिलामी गर्न पनि पाउने ब्यवस्था गरेको हो ।

तर, यसका लागि राष्ट्र बैंकले ६ वटा शर्त तोकेको छ । नेपाली बाणिज्य बैंक एजेन्ट भएर साँवा तथा ब्याज असुली र डिफल्ट भएको अबस्थामा धितो लिलामी गर्नको लागि विदेशी मुद्रामा ऋण प्राप्त गर्नुअघि प्रचलित ब्यवस्था बमोजिम सम्बन्धित नियामक निकायबाट स्वीकृति लिएको हुनुपर्नेछ ।

यसरी ऋण भित्र्याउनु अघि नेपाल राष्ट्र बैंकको स्वीकृति पनि अनिवार्य हुनुपर्ने भनिएको छ । यस्तै ऋण भित्र्याउन स्वीकृति माग गर्दा ऋण ब्यवस्थापन, स्क्रो खाता ब्यवस्थापन तथा कस्टोडिन सम्बन्धी त्रिपक्षीय सम्झौता पनि पेश गर्नुपर्ने राष्ट्र बैंकले भनेको छ । यसको लागि ब्यवस्थापक भइ कार्य गर्दा निे जिम्मेवारीहरु र सो वापतको लिने कमिसन तथा शुल्क पनि सम्झौतामा उल्लेख हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

सम्बन्धित विदेशी लगानीकर्ता, विदेशी लगानी भित्र्याउने कम्पनी वा संघ÷संस्था र वाणिज्य बैंक समेतले त्रिपक्षीय सम्झौता गरी कुने एक नेपाली बाणिज्य बैंकले एजेन्टको रुपमा ऋण ब्यवस्थापन, स्क्रो खाता ब्यवस्थापन तथा कस्टोडिनको रुपमा सेवा दिन सक्ने बाटो पनि राष्ट्र बैंकले खुलाएको छ ।

ऋणको ब्याज वा लगानी विक्री वा परियोजना विक्री वा सुरक्षणमा लिएको सम्पत्ति विक्री गरी विदेशी लगानीकर्ताको लागि रकम फिर्ता पठाउनु पर्दा नियम अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति भने चाहिने छ ।

र, यसरी रकम पठाउनु पर्दा प्रचलित ब्यवस्था बमोजिमको कर तिरेको हुनुपर्ने राष्ट्र बैंकको शर्त छ ।


क्लिकमान्डु