३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल कतारमा, आर्थिक क्षेत्रको उन्नतिका लागि सहकार्यमा जोड




काठमाण्डौं । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आज कतारमा आयोजित ‘वन बेल्ट वन रोड’ शिखर सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले व्यापार, पर्यटन, उर्जा, पूर्वाधार निर्माणसहित समग्र आर्थिक क्षेत्रको उन्नतिका लागि सहयोग र सहकार्यमा जोड दिएका छन् ।

सो कार्यक्रममा सहभागी हुन मुख्य मन्त्री पौडेल गएराति कतार प्रस्थान गरेका थिए । कतारका अर्थमन्त्री अहमद विन जसिम विन मोहमद अल्थानीको निमन्त्रणामा मुख्यमन्त्री पौडेलसंगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपालपनि कतार गएका छन् ।

कतार र चीनको राजनीतिक सम्बन्ध स्थापना भएको ३० औं बर्षको अवसरमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नका लागि मुख्यमन्त्री पौडेल र मन्त्री नेपाल त्यसतर्फ गएका हुन् । कार्यक्रममा विश्वभरबाट ४ सय जना सहभागी भएका छन् ।

सम्मेलनमा कतार, बेलायत, दक्षिण अफ्रिका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुरलगायतका प्रतिनिधिहरु सहभागी हुनेछन् । मुख्यमन्त्री पौडेल १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

(फोटो मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलको फेसबुकबाट)


क्लिकमान्डु