वार्सटइनर पाचौँ राष्ट्रिय ईकुष्ट्रियन च्याम्पियनसिप हुँदै



काठमाडौँ। यही मङ्सिर १५ गते काठमाडौँको टुँडिखेलमा पाचौँ राष्ट्रिय ईकुष्ट्रियन च्याम्पियनसिप हुने भएको छ।

नेपाल ईकुष्ट्रियन एसोसियसनको आयोजना तथा नेपाल खेलकुद परिषद र नेपाल काभालरीको संयुक्त प्रयासमा सो कार्यक्रम हुन लागेको एसोसियसनका अध्यक्ष रवि राजकर्णिकारले जाकारी गराए ।

यस प्रतियोगिताको मुख्य प्रायोजक वार्सटेइनर बियर रहेको छ। प्रतियोगिता अन्तर्गतरहेका ५ वटा बिधामा प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन् ।

प्रतियोगितामा हर्स टेन्ट पेगिङ्ग, हर्स जम्प, हर्स हाई जम्प, ६ क्रस बार जम्प(महिला र हर्स शो जम्प महिला गरि ५ विधामा प्रतियोगिता हुने आयोजक नेपाल ईकुष्ट्रियन एसोसियसनका अध्यक्ष राजकर्णिकारले जानकारी दिए ।

प्रतियोगितामा हर्स टेन्ट पेगिङ्ग, हर्स जम्प, हर्स हाई जम्प कम्पिटिसनका प्रथम, द्धितीय र तृतीयले क्रमशः २० हजार, १५ हजार र १० हजार पुरस्कार दिइने अध्यक्ष राजकर्णिकारले जानकारी दिए।

त्यस्तै ६ क्रस बार जम्प महिलाका विजेताले प्रथम, द्धितीय र तृतीयले १०–१० हजार र हर्स शो जम्प महिला कम्पिटिसनका प्रथम, द्धितीय र तृतीयले क्रमश १५ हजार, १० हजार र १० हजार पुरस्कार पाउने जनाइएको छ ।


क्लिकमान्डु