वाईडबडी खरिदमा ६ अर्ब घोटाला भएको सांसद्को आरोप



काठमाडौं । नेपाल वायु सेवा निगमले किनेको वाईडबडी जहाज खरिद गर्दा भष्ट्रचार भएको आरोप सांसद्हरुले लगाएका छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले वाईडबडी खरिदप्रक्रिया विधिसंगत तरिकाले नभएको आरोप लगाएका हुन् ।

सांसद प्रेम आले मगरले भने ‘जहाज किन्दा किन माग अनुसारको तौलको आएन, २४ अर्ब रुपैयाँमा खरिद भएको हवाइमा ६ अर्ब कहाँ घोटाला भएको हो निगमले जवाफ दिनु पर्छ ।

सांसदहरुले निगमले सोझै एयरलाइन्ससँग बिमान खरिद नगरि अन्य बिचौलीयासँग बिमान किनेको र त्यहीबाट घोटालाको सुरुवात भएको प्रश्न उठाउँदै त्यसको जवाफ निगमसँग मागेका छन् ।

समितिमा नेपाल एयरलाइन्स कालोसुचीमा पर्नुको कारण र त्यसलाई किन कालो सुचीबाट निकाल्ने प्रयास अहिलेसम्म गरिएन भन्ने प्रश्न पनि उठेको छ ।
निगमले आफ्नो लापरवाहीले १४ घण्टासम्म उड्नुपर्ने जहाज ५ घण्टा मात्रै उडाएको भन्दै सांसद समितिमा प्रश्न उठेको छ ।

निगमले भने हवाइ खरिदगर्दा कुनै घोटाला नभएको दाबी गरेको छ । निगमले वाइडबडी ल्याउदा कुनै घोटाला गरेको छैन्, सर्वोच्च अदालतले समेत मेरो सफाइमा प्रशंसा गरेको छ,’ निगमका महाप्रवन्धक सुगरत्न कंशाकारले भने ।

निगमले किनेको जहाजको व्यवस्थापन नगरेको र संस्थाको सञ्चित घाटा आकाशिदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रत्येक महिनामा १ अर्ब १३ करोड रुपैयाँको हाराहारीमा ऋणको कित्ता तिर्नु परेको जनाएको छ ।


क्लिकमान्डु