६६ अर्ब ७७ करोडले निक्षेप बढ्दा, कर्जा १ खर्ब ७४ अर्बले बढ्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले तीन महिनाको अवधीमा निक्षेप २.४ प्रतिशतले मात्र बढाएका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले तीन महिनाको अवधीमा ६६ अर्ब ७७ करोड रुपैयाँले निक्षेप बढाएका छन् ।

जसमा वाणिज्य बैंकको निक्षेप ५३ अर्ब ४७ करोड,विकास बैंकको ७ अर्ब ९० करोड तथा वित्त कम्पनीको १ अर्ब ४३ करोड रुपैयाँले निक्षेप बढेको छ ।

तीन महिनाको अवधीमा बैंक तथा वित्तीय संस्थाले ७.२ प्रतिशतले बढेको छ । तीन महिनाको अवधीमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा बढाएका छन् ।

तीन महिनाको अवधीमा  बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.७ प्रतिशतले बढेको छ ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.२ प्रतिशतले, विकास बैंकहरुको ८.० प्रतिशतले र वित्त कम्पनीहरुको ३.८ प्रतिशतले बढेको छ ।

२०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६३.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.० प्रतिशत र १४.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ८.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.१ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १०.१ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १२.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.४ प्रतिशतले, मार्जिन प्रकृतिकोकर्जा ०.६ प्रतिशतले तथा हायर पर्चेज कर्जा २.८ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु