दक्षिण कोरियामा १ नेपालीको मृत्यु, कारण खुल्न बाँकी



काठमाण्डौ । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए ।

कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मंगलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया गएका थिए । मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ ।

शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिए ।


क्लिकमान्डु