मध्यपुर थिमीमा अर्गानिक खाना मेला, प्रदर्शनीमा कम्पोष्ट मल



भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले अर्गानिक खाना मेला गरेको छ । सो मेलामा जापानिज प्रविधिबाट फोहर व्यवस्थापन गरी बनाएको कम्पोष्ट मलबाट उत्पादित तरकारीको परिकारहरु राखिएको छ।

प्रदर्शनीमा कम्पोष्ट मलहरु राखिएका थिए । साथसाथै ती कम्पोष्ट मलबाट उत्पादित तरकारीहरुको पकाएर ख्याइएको थियो ।

कार्यक्रमको उट्घाटन प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का कृषि मन्त्री दावा लामा, प्रदेश नं ३ भक्तपुर क्षेत्र नं २ ख का साँसद राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतको सहभागिता थियो ।


क्लिकमान्डु