अबैधरुपमा नेपाल ल्याइएको १२ लाखको कपडा सहित ५ तस्कर पक्राउ



नवलपरासी । भारतबाट अवैध रुपमा नेपाल भित्राइएको अवस्थामा ठूलो परिमाणको कपडासहित पाँच जनालाई प्रहरीले पश्चिम नवलपरासीबाट नियन्त्रणमा लिएको छ ।

प्रदेश नं ५ प्रहरी कार्यालय तुल्सीपुर दाङ र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको संयुक्त गस्ती टोलीले प्रतापपुर गाउँपालिका-३ कजरैयास्थित भित्री सडकखण्डमा भारतीय मोटरसाइकलबाट ओसारपसार गरिरहेको अवस्थामा १२ लाख ११ हजार ७८८ बराबरको कपडासहित तस्करीमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बरामद गरिएको अवैद्य कपडा, तस्करमा संलग्न व्यक्ति तथा मोटरसाइकललाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार चलान गरिएको प्रहरीले जनाएको
छ ।


क्लिकमान्डु