आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर मंसिर ७ गतेदेखि नेपालमा



काठमाण्डौ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु–म्याकबुक्स, आइप्याड, आइम्याक) को एक मात्र बितरक जेननेक्स्टले आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सएसआर यहि नोवेम्बेर २३ तारिख अर्थात मंसिर ७ गते देखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।

आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने ब्ल्याक, रेड, एल्लो , कोरल , ब्लु, व्हाइट कलर अप्सनमा आउने छ ।

आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने स्पेस ग्रे, सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ र आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ र स्पेस ग्रे, सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ ।


क्लिकमान्डु