पोखराको कार्यक्रमसँगै कंगारु एजुकेशन फेयर समापन




काठमाण्डौ । कंगारु एजुकेशन फाउण्डेशनले आयोजना गरेको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो मंगलवार पोखरामा कार्यक्रम गरी सम्पन्न भएको छ ।

बैदेशिक शिक्षा अध्ययन गर्न जान चाहने पोखरा र यस वरपरका विधार्थीहरुलाई लक्षित गरी गरिएको पोखराको शैक्षिक मेलाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र कंगारुका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले गरेका थिए ।

मेलामा अस्ट्रेलिया, न्यूजीलेण्ड, क्यानडा, अमेरीका र यूरोपका गरी २१ वटा प्रतिष्ठीत विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहको थियो भने ३०० भन्दा बढीले पोखराको मेला अबलोकन गरेको कंगारु एजुकेशन फाउण्डेशन पोखराका निर्देशक टिआर काफ्लेले बताए ।

कात्तिक २९ गते बिहिबार पूर्व झापाको विर्तामोडबाट शुरु भएको यो एजुकेशन फेयर कात्तिक ३० र मंसिर १ गते कंगारुको केन्द्रीय कार्यालय काठमाडौंमा, मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरा चिप्लेढुगां स्थीत कंगारुको कार्यालय परिसरमा फेयर गरी यस पटकको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो समापन गरिएको कंगारुका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए ।

देशका बिभिन्न ५ स्थानमा आयोजित यो पटकको फेयरमा करिब ३१०० बिधार्थी र अभिभाबकको सहभागिता रहेको थियो । फेयरमा सहभागी बिधार्थीलाई पछी पनि बिशेष छुटको ब्यबस्था गरेको प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले बताए ।

जहाँ विद्यार्थी त्यहीँ जानकारी भन्ने मान्यताका साथ स्थानिय ठाँउमै विभिन्न देशका २१ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसगं बिधार्थी र अभिभाबकलाई प्रत्यक्ष भेट गराई त्यहाको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पुर्ण जानकारी दिइएको कंगारु एजुकेशन फाउण्डेशनका निर्देशक सुष्मिता पराजुलीले बताइन् ।

मेला अवलोकनमा गएका सम्पूर्ण विद्यार्थी र अभिभावकहरुले कलेज विश्वविद्यालय छनौट देखि परिपक्व डकुमेन्टेसन मार्फत एड्मिसन र भिजाका सम्बन्धमा पनि परामर्श लिएकोे बताइएको छ ।

यो मेलामा आइ.डी.पी तथा नेपाल एस.वी.आई बैंकको पनि सहभागीता रहेकाले विद्यार्थी तथा अभिभावकहरुले अङ्गेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा सम्बन्धी समेत जानकारी लिएको कंगारु एजुकेशन फाउण्डेशन पोखराका एसोसियट निर्देशक बबिता पराजुलीले बताइन् । प्रबेश निःशुल्क रहेको यो मेलामा सहभागी सबैलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।


क्लिकमान्डु