उप-न्यायधिवक्ता निरौला घुस रकम सहित अख्तियारको नियन्त्रणमा



काठमाण्डौ । जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख उप-न्यायधिवक्ता कोषहरी निरौला मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग मागेको घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले उनलाई ८० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट आज नियन्त्रणमा लिएको हो ।

यस सबन्धमा अहिले अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवम् प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।


क्लिकमान्डु