ऊर्जा दक्षता कार्यक्रम राष्ट्रिय बाणिज्य बैंक मार्फत कार्यान्वयन हुने



काठमाण्डौ । नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा दक्षता कार्यक्रम नेपाल (Energy Efficiency Program Nepal) आयोजना कार्यन्वयनको लागि परियोजना कार्यान्वयन एजेन्सी (PEA) को रुपमा सहायता सम्बन्धी कार्य गर्ने भएको छ ।

आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३० प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।

यस आयोजना अन्तर्गत कुनै एक ईकाइले न्युनतम १० लाख र अधिकतम १ करोड सम्मको लागत लाग्ने यन्त्र उपकरणको जडानमा सहायता रकमका लागि दरखास्त दिन पाइने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यसका लागि नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुले www.energy-efficiency-nepal.com बाट दरखास्त फारम लगायत विस्तृत जानकारी प्राप्त गरी सम्पूर्ण विवरण तथा आवश्यक कागजात सहित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा सहायता रकमको लागि दरखास्त दिनु पर्नेछ ।

साथै, यन्त्र उपकरण जडानको लागि राष्ट्रिय वाणिज्य बैंक लगायत अन्य कूनै वाणिज्य बैंक बाट ऋण लिने गरि यस आयोजनाको सहयोग समेत लिन इच्छूक ईकाईहरुका लागि सम्बन्धित वाणिज्य बैंक मार्पmत दरखास्त दिनुपर्ने र थप ५ प्रतिशत सहायता रकम उपलव्ध गराईने बताइएको छ ।


क्लिकमान्डु