आदित्य घोष ओयो होटल्सको दक्षिण एशियाको मुख्य कार्यकारी अधिकारीको रूपमा नियुक्त



दक्षिण एसियाकै सबैभन्दा ठुलो तथा संसारकै सबैभन्दा छिटो वृद्धी दर भएको ओयोको होटेल श्रृंखलालले भारत, र दक्षिण एशियाको सीईओको रुपमा भारतको आदित्य घोषलाई नियुक्त गरेको छ ।

ओयो होटल ब्यबसायको निरीक्षण र विकास गर्नको लागि दक्षिण एशिया जसमा इंडिया, नेपाल र अन्य आगामी बजारहरु पर्दछन् । आदित्य २१ बर्षको अनुभव भएका एक सिद्ध ब्यबसायी हुन् र उनलाई यो क्षेत्रको जिम्मेवारी दिईएको छ । उनले उच्चस्तरिय ग्राहक अनुभव र नीरन्तर उपजका लागि ध्यान दिनुका साथै यसको वृद्धि जारी गर्नेछन् ।

उनको भूमिका सल्लाहकार हुनुका साथै एक उच्च प्रदर्शनलाई पुरस्कार दिने र बिबिधता कायम राख्ने हुनेछ । यस होटेलको श्रृंखला बिशाल बनाउन मात्र नभएर यसलाई लोकप्रिय होटल बनाउन पनि उनको नियुक्ति अति आवश्यक छ ।

ओयो होटल एंड होम्सका संस्थापक एवं समूह सीईओ, रितेश अग्रवालले भने,’आदित्यको नियुक्तिले कम्पनीको यात्रामा भारत लगाएत संसारका अन्य देशहरुमा न केवल सबैभन्दा ठूलो तर सबै भन्दा लोकप्रिय र रुचाईएको होटलको श्रृंखला, होम्स र लिविंग स्पेस हुनेछ ।’

आदित्यले ओयो होटल एंड होम्सका संस्थापक एवं समूह सीईओ, रितेश अग्रवाललाई रिपोर्टिंग गर्नेछन् ।


क्लिकमान्डु