फेसबुकको अध्यक्ष र सिइओबाट राजिनामा दिन मार्क जुकरबर्गलाई लगानीकर्ताको दवाव



विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक संजाल फेसबुकका सहसंस्थापक तथा अहिले कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत रहेका मार्क जुकरबर्गलाई पदबाट राजिनामा दिन दवाव परेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार फेसबुकका लगानीकर्ताले मार्कमाथि राजिनामा दिन दवाव बढाएका छन् ।

अनुसन्धानले फेसबुकले रिपल्किनको स्वामित्वमा रहेका राजनीति परामर्शदाता तथा जनसम्पर्क कम्पनीलाई अनुबन्धित गरेको थियो । जसले आफ्नो विरोधीको कुरालाई बढी उचालेको थियो ।

गार्जियनमा प्रकाशित एक रिपोर्ट अनुसार फेसबुकमा प्रयाप्त हिस्सेदारी रहेको ट्रिलियन एसेट म्यानेजमेन्टका बरिष्ठ उपाध्यक्ष जोनस क्रोनले रिपोर्टलाई आधार मान्दै मार्क जुकरबर्गलाई राजिनामा दिन भनेका छन् ।

एउटा रिपोर्टका अनुसार क्रोनले भनेका छन्,‘फेसबुकलाई लाग्छ उनी विशेष छन्,तर त्यो मात्र कुरा होइन,कम्पनीको अध्यक्ष र सिइओबीच फरक हुन जरुरी रहेको छ।’

न्यूयोर्क टाइम्सका अनुसार फेसबुकले बाशिंटन डिसीको एउटा परम्परागत विचार राख्ने कम्पनी डेफिनर्स पब्लिक अफेयर्ससँग करार गरेको थियो । जसले विरोधीको विचारलाई निशेध गर्ने काम गरेको थियो ।

जुकरबर्गले एक पत्रकार सम्मेलनमा त्यो विषयलाई भने अस्विकार गरेका थिए ।
‘लेख पढेपछि मैले आफ्नो टिमका साथीहरुसँग फोनमा कुरा गरे,हामीले यो कम्पनीसँग काम गरेका छैनौ।’उनले भने ।

एक रिपोर्टका अुनसार फेसकुकको अर्का लगानीकर्ता नताशा लैंबले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको सयुक्त भूमिकाले फेसबुकले आन्तरिक समस्यलाई हल गर्न नसक्ने टिप्पणी गरेकी थिइन् । फेसबुकका प्रमुख संचालन अधिकृत शेरिल स्याडबर्गले पनि यस्तो कम्पनीको बारेमा जानकारी दिन अस्विकार गरे । ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु