७ लाख नगद सहित १३ जना जुवाडे पक्राउ



काठमाण्डौ । काठमाडौंबाट प्रहरीले ७ लाख ६० हजार नगदसहित १३ जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले गएराति बत्तिसपुतलीको एक घरमा जुवा खेल्दै गरेका उनीहरुलाई नगदसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले ७ लाख ६० हजार नगदसहित पक्राउ परेका १३ जनालाई अहिले गौशाला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रवक्ता बोगटीका अनुसार, उनीहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । पछिल्लो समय काठमाडौं प्रहरीले जुवातासमा कडाई गर्दै गएको छ । यसअघि गत असोज १९ गते राति प्रहरीले काठमाडौंको मूलपानीमा जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा २ जनाको मृत्यु भएको थियो ।


क्लिकमान्डु