भारतीय गाडी एसएमएल इसुजुको नेपालका लागि आधिकारिक बिक्रेता गोल्डफिश इन्टरनेशनल



काठमाण्डौ । एसएमएल ईसुजु, ईन्डियाले गोल्डफिश इन्टरनेशनल प्रालिसँग साझेदारीको घोषणा गरेको छ ।

लक्ष्मी समूह अन्तर्गत गोल्डफिश इन्टरनेशनल (एक सहायक संस्था), अब नेपालका लागि एसएमएल ईसुजु सवारी साधनको लागी आधिकारीक विक्रेता भएको छ ।

यस सम्झौतासंगै गोल्डफिश इन्टरनेशनल प्रालि अब नेपाली ग्राहकका लागि उत्कृष्ट सेवा र सुविधा दिने उद्देश्यले सवारी साधन व्यवसायमा प्रवेश गरेको हो ।

नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी SML ISUZU ले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु लिएर आएको छ ।

यस प्रारम्भिक चरणमा कम्पनीले काठमाडौंमा एक थ्री एस सेवा र एक टु एस सेवा सुविधा शुरु गर्न लागेको जनाएको छ । त्यसैगरी पोखरामा एक थ्री एस सुविधा, बनेपामा एक टु एस सुविधा, पाँचखालमा एक टु एस सुविधा र धादिङमा एक टु एस सुविधा शुरु गरिने भएको छ ।

आगामी दिनमा उक्त सेवाहरु इटहरी, विदुर (त्रिशुली), दाङ, हेटौँडा, भैरवा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा शुरु गरिने कम्पनीले जनाएको छ । गोल्डफिश इन्टरनेशनल प्रालिले उत्कृष्ट सेल्स र सर्भिस प्रदान गर्नका लागि एक लाख स्क्वायर फिटमा नैकापको गुर्जुधारामा SML ISUZU Flagship 3s Centre को निर्माण गरिरहेको जनाएको छ ।

लक्ष्मी समुह एक स्थापित व्यवसाय निर्माण कम्पनी हो, जस अन्तर्गत धेरै कम्पनीहरु पर्दछन् । अटोमोबाईल क्षेत्रमा एक भिन्न परिचय बनाउनका लागी कम्पनीले धेरै पहिलेदेखि अटोमोटिभस् डिभिजन शुरु गर्दै आएको छ ।


क्लिकमान्डु