मुकेश अम्बानीको छोरीको विवाहको एउटा निम्ता कार्डको मूल्य ५ लाख



भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको छोरी ईशा अम्बानीको विवाहका निम्ता कार्ड अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

भाइरल हुनुको कारण छ त्यो एउटा कार्डको मूल्य ३ लाख भारतीय रुपैयाँ पर्छ । अर्थात ४ लाख ८० हजार नेपाली रुपैयाँ । झण्डै ५ लाख बराबर ।

मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनको छोरी ईशाको विवाह पीरामल ग्रुपका प्रमुख अजय पीरामलका छोरा आनन्द पीरामलसँग हुँदै छ ।

https://www.instagram.com/p/Bp6PPEGglBE/

विवाहको कार्डको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कार्डको बक्स खुल्नासाथ गायत्री मत्र बज्ने गर्छ । यो विवाहको निम्ता कार्ड क्रिम रङको छ र फुलले सैजाइएको छ । विवाह निम्ता कार्डमा ईशा र आनन्दको सुरुवाती अक्षर रहेको छ । यो निम्ता कार्ड निकै ठूलो क्रिम तथा गुलाबी रङको बक्समा दिइएको छ ।

सामाजिक संजालका प्रयोगकर्ताले ३ लाख भारतीय रुपैयाँको कार्डलाई आलोचना गरेका छन् ।


क्लिकमान्डु