श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान तिलकरत्ने राजनीतिमा, राजपाक्षेको पार्टीको सदस्यता लिए



काठमाण्डौ । श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान एवम् स्टार क्रिकेटर तिलकरत्ने दिलशान राजनीतिमा लागेका छन् । उनी पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेको पार्टीमा आवद्ध भएका छन् ।

दिलशानले पार्टीको केन्द्रीय कार्यालयमा पुगेर पार्टीको सदस्यता लिएका थिए । आफ्नो ट्वीटर एकाउन्टमार्फत् तिलकरत्ने दिलशानले पार्टी सदस्यता लिएको जानकारी दिएका हुन् ।

आगामी संसदीय निर्वाचनमा दिलशान पनि उम्मेदवार बन्ने चर्चा छ ।(एजेन्सीबाट)


क्लिकमान्डु