इजरायलका रक्षामन्त्रीले दिए राजीनामा, युद्धबिराम घोषणाप्रति रुष्ट



काठमाण्डौ । इजरायलका रक्षामन्त्री अभिग्डोर लिबरमेनले पदबाट राजीनामा दिएका छन् । इजरायलले प्यालेस्टिनी हमाससँग युद्धविरामको घोषणा गरेपछि रुष्ट बनेका रक्षामन्त्री लिबरमेनले राजीनामा दिएका हुन् ।

हमासविरुद्धको २ दिने भौतिक कारबाहीको अन्त्य गर्दै इजरायलको मन्त्रिपरिषद्ले युद्धविरामको निर्णय गरेको थियो । त्यसलगत्तै लिबरमेनले हमाससँग युद्धविराम गर्नु आतंकका अगाडि घुँडा टेक्नु सरह भएको भन्दै राजीनामा दिएका हुन् ।(एजेन्सीबाट)


क्लिकमाण्डू