सरकारी जागिरमा आकर्षक सुविधा हुने राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी



काठमाडौं । सरकारी जागिरमा निकै आकर्षक सुविधा हुने राष्ट्र बैंकले ११४ कर्मचारीको आवेदन मागेको छ ।

राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतियमा २१ जना,सहायक निर्देशक अधिकृत तृतिय(चाटर्ड एकाउन्टेन्स) १०,सहायक निर्देशक अधिकृत तृतिय कानून २ पदमा आवेदन मागेको छ ।

यस्तै सहायक द्धितिय प्रशासन ६८ तथा सहायक द्धितिय प्राविधक पदमा १३ जनाको आवेदन माग गरेको छ ।

कात्तिक २९ देखि मंसिर २८ सम्म आवेदन भर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु