अमेरिकी राष्ट्रपति ट्रम्पलाई सिएनएनले हाल्यो मुद्दा



काठमाण्डौ । अमेरिकाको केबल न्यूज नेटवर्क (सिएनएन) ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

राष्ट्रपति कार्यालयले आफ्ना वरिष्ठ पत्रकारको परिचय पत्र ह्वाइटहाउस प्रवेशका लागि अमान्य घोषित गरेपछि सिएनएनले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको हो । जिम एकोस्टा ह्वाइट हाउसका लागि सिएनएनका प्रमुख संवाददाता थिए, तर उनको प्रेस कार्ड पास राष्ट्रपति कार्यालयले फिर्ता लिएको छ ।

गएको हप्ता ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बहस भएपछि उनको पास फिर्ता लिएको हो । (एजेन्सीहरु)


क्लिकमान्डु