एमनेस्टीले खोस्यो सुकीलाई दिएको सर्वोच्च सम्मान



काठमाण्डौ । एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको आफ्नो सर्वोच्च सम्मान फिर्ता लिएको छ ।

रोहिंग्या अल्पसंख्यक समुदायप्रति उनको व्यवहार नराम्रो भएको भन्दै एमनेस्टीले सम्मान फिर्ता लिएको हो । नोबेल पुरस्कार विजेता सुकीलाई एमनेस्टीले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्शियन्स अवार्ड’ प्रदान गरेको थियो ।

त्यतिबेला सुकी आफ्नै घरमा नजरबन्दमा थिइन् । ७३ वर्षीया सुकीलाई दिइएको कुनै सम्मान फिर्ता भएको यो पहिलो घटना हो । एमनेस्टी त्यही संस्था हो जसले एकपटक सुकीलाई लोकतन्त्रको प्रकाशस्तम्भ भनेको थियो । (एजेन्सीहरुबाट)


क्लिकमान्डु